close

बालकुमारी घटनाबारे छानबिन गर्न डिआइजीको नेतृत्वमा समिति गठन

बालकुमारी घटनाबारे छानबिन गर्न डिआइजीको नेतृत्वमा समिति गठन

Trulli
ADVERTISEMENT

काठमाडौं - गृह मन्त्रालयले बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न समिति बनाएको छ । 

दुई जनाको मृत्यु हुने गरी भएको सो घटनाको छानबिन गर्न उपत्यका प्रहरी कार्यालयको डीआईजी लालमणि आचार्य नेतृत्वमा समिति गठन गरेको हो । उनको नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा गोली चलेपछि दुई जनाको मृत्यु भइसकेको छ ।