close

मिक्लाजुङ- ५ मा अनलाइन घटना दर्ता सुरु

मिक्लाजुङ- ५ मा अनलाइन घटना दर्ता सुरु

Trulli
ADVERTISEMENT

पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ मा अनलाइन घटना दर्ता सुरु भएको छ । यसअघि कागजमा मात्र हुने घटना दर्तालाई अनलाइनमा दर्ता गर्ने काम सुरु भएको हो ।


यस वडाका पञ्जीकरणका काम अब अनलाइनमार्फत हुने भएका हुन् । जन्म, मृत्यु, बसाइँसराइ जस्ता घटना अनलाइनमार्फत हुने गरेका छन् । वडा अध्यक्ष अविशन लावतीका छोरा जोसेफ लावतीको जन्म दर्ता गर्दै यस कामको सुरुवात गरिएको हो । 


प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जन्म दर्ताको प्रमाणपत्र लावतीलाई हस्तान्तरण गरेका थिए । 


गाउँपालिकाका कर्मचारीले वडा कार्यालयका कर्मचारीलाई तालिम दिएपछि अनलाइन दर्ता सुरु गरेको वडा अध्यक्ष लावतीले जानकारी दिए । शुक्रबार कार्यालय समयसम्ममा चार जनाको अनलाइनमा विवरण दर्ता भएको छ ।