close

फक्ताङ्लुङले खेलकुद, नाचगान र मेलामा लगायो रोक 

फक्ताङ्लुङले खेलकुद, नाचगान र मेलामा लगायो रोक 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - बडादशैं, तिहार, छठलगायत पर्वको अवसर पारेर पहाडी जिल्लाहरूमा फुटबल, भलिबलसहितका खेलकुद प्रतियोगिता आयोजना गर्ने चलन छ । तर, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले भने यस्ता खेलकुद प्रतियोगिता आयोजना गरे आयोजकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

 
कोरोना कहरले आमजनजीवनमा त्रास पैदा भइरहेका बेला खेलकुदका नाममा हुने भीडभाडले थप जोखिम बढाउने भएकाले खेलकुद प्रतियोगिता आयोजना गर्न प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी दिए । उनले मानिसको भीडभाड हुने गरी कुनै पनि किसिमको खेलकुद, नाचगान, रमाइलो मेला आयोजना गरेको पाइए गाउँपालिकाले कानुनी कारबाहीका लागि पहल गर्ने चेतावनीसमेत दिए । 


‘आफ्नो घरका सदस्यहरू घरभित्रै बसेरै दशैँसहितका पर्वहरू मनाउने हो’, उनले भने, ‘अनावश्यक भीडभाड गरे कडा कारबाही हुनेछ ।’ 


यस कार्यमा पालिका क्षेत्रका आमनागरिकबाट सहयोगको याचना गरेको समेत उनले बताए । अध्यक्ष एभेङले दशैँ, तिहार लगायतका पर्व मनाउन पालिका भित्रिने र चाडपर्व मनाएर कार्यक्षेत्रमा आउने शिक्षक-कर्मचारीलाई समेत संयमित हुन र पूर्णतया सावधानी अपनाउन आग्रह गरेका छन् । 


यस्तो बेला संक्रमणको जोखिम अझ बढी हुने भएकाले भरसक यथास्थानमा रहेर पर्व मनाउन र आफ्नो दैनिकी सुरु गर्नसमेत उनले आग्रह गरेका छन् ।