close

फालेलुङ गाउँपालिकाकाे अब आफ्नै भवन

फालेलुङ गाउँपालिकाकाे अब आफ्नै भवन

Trulli
ADVERTISEMENT

पाँचथर - पाँचथरको उत्तरी फालेलुङ गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ । गाउँपालिकाको केन्द्र रहेको थोक्लिम्बामा भवन निर्माणको काम सुरु भएको हो ।


स्थानीयले उपलब्ध गराएको जग्गामा भवन निर्माणको ठेक्का लागिसकेकाले औपचारिक रूपमा शुभारम्भ गरिएको हो । फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले भवन शिलान्यास गरेका हुन् ।


प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानका अनुसार अघिल्लो वर्ष नै एक करोड १७ लाख २५ हजार २२४ रुपैयाँमा ठेक्का लागेको थियो ।

 

माईभगवती-कमल जेभी निर्माण कम्पनीले कामको जिम्मा लिएको थियो । कोरोना भाइरसका कारण भवन निर्माणको काम ढिलाइ भएको जानकारी दिइएको छ ।