close

लुम्बिनी विकास कोषकाे सदस्यसचिवमा सानुराजा शाक्यकाे नियुक्ति

लुम्बिनी विकास कोषकाे सदस्यसचिवमा सानुराजा शाक्यकाे नियुक्ति

Trulli
ADVERTISEMENT

रुपन्देही - लुम्बिनी विकास कोषका नवनियुक्त सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजना समयमै सकाउने प्रतिबद्धता व्यक्त गरेका छन् । लुम्बिनीलाई ‘स्मार्ट लुम्बिनी’ बनाउन योजनाबद्ध काम गर्ने योजना उनले सुनाए ।


सरकारले चार वर्षका लागि नियुक्त गरेपछि कोषको मुख्यालय लुम्बिनीमा पदभार ग्रहण गर्दै शाक्यले उक्त कुरा बताएका हुन् ।


कार्यक्रममा उपाध्यक्ष भिक्षु मैत्तेयले ४० वर्षअघिदेखि सुरु भएको लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र यसको गरिमा अझै प्रभावकारी गराउन सदस्यसचिवको नियुक्तिले विशेष भूमिका खेल्ने अपेक्षा रहेको बताए ।

 

कोषका सूचना अधिकृत ज्ञानिन राईले ३ वर्षदेखि थाती रहेको सदस्यसचिवको नियुक्तिपछि अब लुम्बिनी योजनाले सार्थक रुप लिने दाबी गरे ।


सरकारले सदस्यसचिवमा नियुक्त गरेका शाक्य काठमाडौं महानगर वडा-२१ का बासिन्दा हुन् । उनले युवा बौद्ध समूहमा रहेर काम गर्नुका साथै बौद्ध अध्ययन र समसामयिक वस्तुस्थितिमा विभिन्न लेख प्रकाशन गर्दै आएका छन् ।