close

१ करोड भन्दा माथिका योजनाको प्रगति हरेक महिना बुझाउन जिल्ला प्रशासनको उर्दी

१ करोड भन्दा माथिका योजनाको प्रगति हरेक महिना बुझाउन जिल्ला प्रशासनको उर्दी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले १ करोड रुपैंया वा सो भन्दा माथिका योजनाको प्रगति विवरण हरेक महिनाको ३ गते भित्र प्रशासन कार्यालयमा पठाउन सबै स्थानीय तहमा परिपत्र गरेको छ ।

 
प्रशासन कार्यालयले १ करोडभन्दा माथिका सबै योजनाको भदौ महिनासम्मको प्रगतिको अवस्था समेत विश्लेषण गर्दै योजनाको प्रगति विवरण हरेक महिनाको ३ गते भित्र प्रशासनमा पठाउन स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाइ परिपत्र गरेको हो ।


तोकिएको प्रगति हासिल गर्न समयमै काम सुरु गर्न अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले आर्थिक वर्षको अन्त्यमा योजना सञ्चालन हुने परिपाटीको अन्त्य र परिणाममुखी कार्यका लागि यसो गरिएको जानकारी दिए ।


उनले भदौ महिना भित्रमा भएको कार्य प्रगतिको अवस्थाका आधारमा थप भएको प्रगति समेतको विवरण प्रत्येक महिना प्रशासनमा पठाउन परिपत्र जनाएका छन् । स्थानीय तहले आफैं तय तथा बिनियोजन गरेका योजना बाहेक १ करोड वा सो भन्दा माथिका सबै योजनाको प्रगति विवरण स्थानीय तहले प्रशासन कार्यालयमा पठाउनुपर्ने हुन्छ ।


यहाँका ९ स्थानीय तह मध्ये १ करोड वा सो भन्दा माथिका योजना पाथीभरा याङ्वरकमा ६, आठराइ त्रिबेणी र सिरिजङ्घा गाउँपालिकामा ४–४, फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकामा ३–३, सिदिङ्वामा २,  फक्ताङ्लुङ र मैवाखोला गाउँपालिकामा १–१ वटा योजना छन् । मिक्वाखोला गाउँपालिकामा यस्तो योजना नभएको जिल्ला प्रशासन कार्यालयको वेभसाइटमा उल्लेख गरिएको छ ।