close

मिलापत्र गर्दै पठाउँदै छ गाउँको अदालत

मिलापत्र गर्दै पठाउँदै छ गाउँको अदालत

Trulli
ADVERTISEMENT

रुपन्देही - स्थानीय निर्वाचनपछि रुपन्देहीको सैनामैना नगरपालिकाको न्याय  समितिमा १ सय ४९ जग्गा विवाद, घरेलु हिंसा, पानी, कुलो, ज्येष्ठ नागरिककाे पालनपोषणसम्बन्धी मुद्दा दर्ता भएका छन् ।


सैनामैनाका उपमेयर एवं न्यायिक समिति संयोजक बिना रानाले न्याय समितिको जिम्मेवारी सम्हालेपछि अहिलेसम्म १ सय ४९ मुद्दा दर्ता भएको बताइन् । उनले समितिमा दर्ता भएका १ सय ४९ मध्ये ३७  मुद्दामा मिलापत्र भइसकेको जानकारी दिइन् । ‘बाँकी ४३  मुद्दा हाल प्रक्रियामा छन्, तिनलाई पनि सहमतिमै समाधान गर्छौं’, उनले भनिन् ।


नगरपालिकामा मिलापत्र हुन नसक्ने खालका ६ मुद्दा अदालत पठाइएको छ । मुद्दा दर्ता गरेर सम्पर्कमा नआएका २७ तामेली मुद्दा रहेको  र समितिमा दर्ता भएका २६ मुद्दा मिलापत्रका लागि वडामा पठाइएको छ ।

 

निर्णय आदेशअन्तर्गत ९ मुद्दा प्रक्रियामा रहेको उनले जानकारी दिइन् । ‘एउटा मुद्दा दर्ता भएपछि आफैं फिर्ता लगिएको छ’, उपप्रमुख रानाले भनिन् ।


न्याय समितिको जिम्मेवारी सम्हालेको सुरु-सुरुमा मुद्दा मिलापत्र गराउन निकै कठिन भएको र पछि सहज हुँदै गएको उपप्रमुख तथा न्याय समिति संयोजक रानाको अनुभव छ ।