close

प्रदेश २ को प्रादेशिक ल्याबलाई अत्याधुनिक बनाउने प्रदेश सरकारको घोषणा 

प्रदेश २ को प्रादेशिक ल्याबलाई अत्याधुनिक बनाउने प्रदेश सरकारको घोषणा 

Trulli
ADVERTISEMENT

धनुषा - प्रदेश २ सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला अब अत्याधुनिक बन्ने भएको छ । 


प्रदेश प्रयोगशालाको पहिलो वर्षगाँठमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक ल्याबसहित जिल्लाका सबै ल्याबलाई अत्याधुनिक बनाउन प्रदेश सरकारले काम अगाडि बढाइसकेको जानकारी दिए । 


स्थापनाको पहिलो वर्षमै कोभिड महामारीको चुनौती सामना गरेको ल्याबले आगामी दिनमा अन्य रोगको पहिचान गर्न सक्षम हुने विश्वास उनले व्यक्त गरे ।


‘कोभिड महामारी नियन्त्रणका लागि आवश्यक पिसीआर परीक्षणमा पछिल्लो समय ल्याबले खेलेको भूमिका प्रशंसनीय छ । कोरोना लडाइँमा सहभागी प्रदेशका सबै स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउने प्रयास भइरहेको छ’, मुख्यमन्त्री राउतले भने ।

 
सो अवसरमा युएनडिपीले प्रादेशिक ल्याबका लागि अटो एब्सट्रेक्सन मेसिनसमेत हस्तान्तरण गरेको छ । युएनडिपीका प्रदेश २ प्रमुखले मुख्यमन्त्री राउतलाई सो मेसिन हस्तान्तरण गर्दै आगामी दिनमा थप मेसिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 


ल्याबका निर्देशक डा. श्रवणकुमार मिश्रले प्रदेश २ मा अत्याधुनिक ल्याब स्थापना भएपछि बिरामीलाई सहज हुने विश्वास व्यक्त गरे । 

 

कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह, राज्यमन्त्री अभिराम शर्मालगायतले स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न सरकारले सबै किसिमका उपाय अपनाइरहेको जानकारी गराए ।