close

ताप्लेजुङका स्थानीय तहले सामाजिक सुरक्षा भत्तामा मात्रै बाँडे ३० करोड

ताप्लेजुङका स्थानीय तहले सामाजिक सुरक्षा भत्तामा मात्रै बाँडे ३० करोड

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङका ९ स्थानीय तहले सामाजिक सुरक्षाभत्ताबापत आर्थिक वर्ष ०७६/७७ मा करिब ३० करोड रुपैयाँ वितरण गरेका छन् ।


सामाजिक सुरक्षा भत्ताबापत सबैभन्दा बढी फुङलिङ नगरपालिकाले वितरण गरेको छ । नगरपालिकाले ५ करोड ६९ लाख ६९ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको लेखा अधिकृत तेजेन्द्र तामाङले जानकारी दिए ।

 

ज्येष्ठ नागरिक १ सय ८९, एकल पुरुष २ सय ८७ र एकल महिला २ सय ४६ जनाले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाएका छन् । यस्तै, मेरिङ्देन गाउँपालिकाले २ करोड ९५ लाख ७० हजार ८ सय सय वितरण गरेको छ ।

 

पाथीभरा याङ्वरकले ३ करोड ६४ लाख २४ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष केशर मेन्याङबोले जानकारी दिए । फक्ताङ्लुङले सामाजिक सुरक्षा भत्ताबापत २ करोड ९० लाख ३५ हजार २ सय सय रुपैयाँ वितरण गरेको छ । 

 

आठराई त्रिवेणीले ३ करोड ५१ लाख ८ हजार ६  सय रुपैयाँ वितरण गरेको गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले बताए । मैवाखोलाले सामाजिक सुरक्षा भत्ताबापत २ करोड रुपैयाँ वितरण गरेको छ ।

 

मिक्वाखोलाले सामाजिक सुरक्षा भत्ता बापत २ करोड २५ लाख ४३ हजार २ सय रुपैयाँ वितरण गरेको छ । सिदिङ्वाले सामाजिक सुरक्षा भत्ताबापत ३ करोड ३ लाख १७ हजार ८ सय रुपैयाँ वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले जानकारी दिए । 

 

यस्तै,  सिरिजङ्घाले ३ करोड ८१ लाख ५० हजार ६ सय रुपैयाँ वितरण गरेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।