close

जनकपुरका जनप्रतिनिधिले लगाए आफ्नै कार्यकक्षमा ताला

जनकपुरका जनप्रतिनिधिले लगाए आफ्नै कार्यकक्षमा ताला

Trulli
ADVERTISEMENT

जनकपुरधाम उपमहानगरको १ वडा कार्यालयमा वडा सदस्यले नै ताल्चा लगाइदिएका छन् । उपमहानगरको जानकीचोकस्थित ३ नम्बर वडा कार्यालयमा असन्तुष्ट ४ वडा सदस्यहरूले ताल्चा लगाएर नाराबाजीमा  उत्रिएका हुन् ।


वडाध्यक्ष दीपेन्द्र साहको कार्यशैलीप्रति रुष्ट ४ वडा सदस्यले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।


तालाबन्दीका क्रममा उनीहरूले  विधिको शासन लागू गर, वार्षिक कार्यक्रम सार्वजनिक गर, नीति तथा कार्यक्रम सार्वजनिक गर, वडा भेला बृहत् गर, आयव्यय सार्वजनिक गर भन्दै केही बेर होहल्ल्लासमेत गर्न भ्याए ।


वडा कार्यालयमा तालाबन्दी गरिएको विषयमा वडाध्यक्ष दीपेन्द्र साहले भने, ‘असन्तुष्ट वडा सदस्यहरूसँग छलफल हुँदै छ । उहाँहरू पनि वडाबासीका लागि कुरा उठाउनु हुन्छ । म पनि वडाकै लागि काम गरिरहेको छु । अरु विषय ताल्चा लगाउनेलाई सोध्नुस् ।’

 

तालाबन्दी गरेर समस्या समाधान नहुने हुँदा वडाको बोर्ड बैठकमा संवादको माध्यमबाट असन्तुष्टि राख्नु उपर्युक्त हुने  साहले तर्क छ । उनले भने, ‘जनताको हकहितका लागि हो भने तालाबन्दी जायज होइन ।’