close

कोरोनाको संक्रमण बढेपछि सिन्धुपाल्चोकका ३ स्थानीय तह बन्द

कोरोनाको संक्रमण बढेपछि सिन्धुपाल्चोकका ३ स्थानीय तह बन्द

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सिन्धुपाल्चोकका स्थानीय सरकारहरुलधमाधम सेवा प्रवाह बन्द गराएका छन् । स्थानीय सरकारका जनप्रतिनिध र कर्मचारी नै संक्रमित भएपछि स्थानीय सरकारले सूचना निकालेर कार्यालयबाट नियमित हुने कामहरु बन्द गराएका हुन् ।


सिन्धुपाल्चोकका १२ स्थानीय सरकार मध्ये बाह्रविसे, मेलम्ची र चौतारा साँगाचोकगढी नगरपालिकाले काम बन्द गरेका छन् । त्यस्तै बलेफी गाउँपालिकाले पनि पालिकाबाट हुदै आएका सबै कामहरु बन्द गराएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । स्थानीय सरकारले मात्रै होइन प्रदेश र संघीय सरकार अन्र्तरगतका सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा पनि प्रभावित भएको छ ।

 

स्थानीयको प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालयका धेरै कर्मचारीहरुमा कोरोना संक्रिमत भएपछि काम गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।


तत्कालका लागि सिन्धुपाल्चोकमा तिन नगरपालिका र एक गाउँपालिकाले आफ्नो कार्यालय बन्द गराएपनि अन्य स्थानीय सरकारले पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बन्द गराउने तयारी गरेका छन् ।


केही दिन अघि मात्रै लिसंखुपाखर गाउँपालिका बन्द भएको थियो । केही दिनका लागि खुले पनि अहिले पनि आफुहरुको क्षेत्र जोखिम नै रहेको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए ।


बाह्रविसे नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले दैनिक गर्दे आएको सबै काम बन्द गराएको मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । चौतारा साँगाचोकगढी नगरपालिका एकजना वडा अध्यक्ष सहित कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि त्यहाँको सेवा पनि बन्द गरिएको छ ।


चौतारामा सबैभन्दा बढी संक्रमित


सिन्धुपाल्चोकका १२ स्थानीय सरकार मध्ये चौतारा साँगाचोकगढी नगरपालिकामा कोरोना संक्रमीतका विरामीहरु बढी छन् । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले दिएको तथ्यांक अनुसार  हालसम्म ५४ मा कोरोना संक्रमण देखिएको छ ।

 

ती मध्ये २१ जना निको भएर घर फर्किएका छन् । त्यस्तै बाह्रविसे नगरपालिकामा ३५ जनामा कोरोना संक्रमण देखिएकोमा  १५ जना निको भएर घर फर्किएका छन् ।


मेलम्ची नगरपालिकामा ३७ जनामा कोरोना देखिएकोमा २० जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापाँगाईले जानकारी दिए । सबैभन्दा कम हेलम्बु गाउँपालिकामा छ । हालसम्म ७ जनालाई मात्रै कोरोना लागेपनि चार जना निको भएका छन् ।