close

गाउँको सरकार भेट्न ३ घण्टा पैदल यात्रा !

बल्ल सुरु भयो एकीकृत सेवा केन्द्र

गाउँको सरकार भेट्न ३ घण्टा पैदल यात्रा !

बल्ल सुरु भयो एकीकृत सेवा केन्द्र

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई गाउँमै सेवा सुविधा उपलव्ध गराउने लक्ष्यका साथ एकीकृत सेवा केन्द्र विस्तार गरेको छ ।


संघीयताको मर्म अनुसार हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको आहाले, पांग्रे र टाँकीटारका नागरिकलाई लक्षित गर्दै एकीकृत सेवा केन्द्र विस्तार गरेको हो । नागरिकलाई वडा कार्यालयबाट प्रवाह हुने सेवासुविधा आफ्नै गाउँमा पुगेर उपलव्ध गराउनेगरी नगरपालिकाले राजापानीको आहालेमा एकीकृत सेवा केन्द्र विस्तार गरेको जनाएको छ ।

 

आइतबार स्थानीय चइनकुमार राईकी छोरी प्रकृति राईलाई जन्मदर्ता प्रमाणपत्र वितरण गर्दै नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले एकीकृत सेवा केन्द्र उद्घाटन गरेका छन् । आवश्यक कर्मचारी खटाएर एकीकृत सेवा केन्द्रबाट हप्ताको एक दिन सेवा उपलव्ध गराउने व्यवस्था मिलाइएको छ ।


राजापानीको आहाले, पांग्रे र टाँकीटारका १ सय २० घरभन्दा वढी स्थानीयको दुईदेखि तीन घण्टा पैदल हिँडेर वडा कार्यालय पुग्नुपर्ने वाध्यता अन्त्याका लागि एकीकृत सेवा केन्द्र स्थापना गरिएको मेयर राईले बताए ।


वडा कार्यालयको सेवा आफ्नो गाउँमै उपलव्ध हुने भएपछि स्थानीय उत्साहिन बनेका छन् । वडा कार्यालय टाढा पर्ने क्षेत्रका नागरिकलाई लक्षित गर्दै सेवा केन्द्रको अवधारणा अघि सारिएको नगरपालिकाले जनाएको छ ।


केन्द्रबाट नागरिकका गुनासो, मुद्धा वा माग पनि संकलन गरिने मेयर राईले बताए । ‘वडा कार्यालयबाट प्रवाह हुने सबै सेवालाई वस्ती–वस्तीमा अर्थात जनताको घरदैलोमा पु¥याउने हाम्रो लक्ष्य हो,’ मेयर राईले भने, ‘ताकी जनताले सामान्य सेवाका लागि वडा कार्यालयसम्म धाउन नपरोस् । यसले संघीयताको खास अभ्यास र अनुभूती हुने अपेक्षा गरेका छौँ ।’


वडा कार्यालयबाट प्रवाह हुने सबै किसिमका सेवा सुविधा जनताको घरदैलोसम्म पु¥याउने लक्ष्यकासाथ २१ असोजमा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरेमा एकीकृत सेवा केन्द्र स्थापना गरिएको थियो । ‘जनताको घरमा सरकार’ भन्ने नारालाई अनुभुती गराउनका लागि दशैं लगत्तै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा पनि एकीकृत सेवा केन्द्र विस्तारको तयारी गरिएको छ ।


एकीकृत सेवा केन्द्रमा शहरी स्वास्थ्य केन्द्र पनि  


हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एकीकृत सेवा केन्द्र सँगै शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । सर्वसाधारणको स्वास्थ्यमा पहुँच बिस्तारका लागि नगरपालिकाले एक जना अवेहको व्यवस्था गरेर राजापानीको आहालेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

 

घण्टौं पैदल हिँडेर स्वास्थ्यचौकी पुगेर स्वास्थ्य सेवा लिइरहेका स्थानीयलाई लक्षित गरेर आहालेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको मेयर इवन राईले बताए । नेपाल सरकारको स्वीकृतिमा नगरपालिकाले परिवार नियोजन, खोप, क्षयरोगको औषधि, पोषण, स्वास्थ्य शिक्षा, झाडापखाला, निमोनिय लगायतका सेवा दिनेगरी शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको जनाएको छ ।