close

लोकसेवा आयोगका सबै परीक्षा स्थागित

लोकसेवा आयोगका सबै परीक्षा स्थागित

Trulli
ADVERTISEMENT

काठमाडौं- कोरोना भाइरसको संक्रमणको जोखिमका कारण लोकसेवा आयोगले लिने सबै परीक्षा तालिका स्थगित भएका छन् ।


१६ कात्तिकदेखि  तय भएको लोक सेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ । आयोगका कर्मचारीमा कोरोना संक्रमण देखिएको र परीक्षार्थीमा भय उत्पन हुने भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको आयोगले बिज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगको सूचनामा उल्लेख छ ।


कोरोना भाइरसको जोखिमका कारण विश्वविद्यालयका परीक्षासमेत प्रभावित हुँदै आएका छन् भने विद्यालयहरुले दशैंअघि लिने पहिलो त्रैमासिक परक्षिा पनि हुन सकेको छैन ।