close

मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने अवसर

मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने अवसर

Trulli
ADVERTISEMENT

एजेन्सी– लडाइँमा सर्वत्र प्रशंसित गोर्खाली सेनाका सदस्यले अर्को कीर्तिमान् कायम गरेका छन् । बेलायती राजपरिवारको प्रतिनिधि बन्ने अवसर पाएर बेलायत गोर्खा सैनिकका सदस्यले नेपाल र नेपालीको शिर उँचो बनाएका हुन् ।


अवकाशप्राप्त गोरखा सैनिक मणिकुमार राईले यस्तो अवसर पाएका हुन् । उनलाई बेलायती महारानीले ह्याम्पसायर काउन्टीका लागि डेपुटी लर्ड लेफ्टिनेन्ट पदमा नियुक्त गरेकी हुन् ।


बेलायतमा हरेक काउन्टी र बोरोमा महारानीको प्रतिनिधिका रूपमा लर्ड लेफ्टिनेन्ट राखिन्छ । उनको जिम्मेवारी राजपरिवारको स्थानीय क्षेत्रमा भ्रमण हुँदा त्यसको व्यवस्थापन गर्ने, अवार्ड प्रदान गर्ने, पदकका लागि सिफारिस गर्ने, नागरिकले आयोजना गरेका कार्यक्रममा राजपरिवारका तर्फबाट प्रतिनिधित्व गर्ने, स्थानीय जल, स्थल, वायु र सेनाका अन्य टुकडीसँग समन्वय गर्ने, स्थानीय स्तरमा राजपरिवारका सदस्यले प्रतिनिधित्व गर्ने संस्थामा नेतृत्व, सल्लाह र नियुक्ति दिनेलगायत हुन्छन् ।


पूर्वमेजर राई हाल गोरखा ब्रिगेड एसोसिएसनको सचिव छन् । उनले सन् २००५ देखि ग्रासोट्समा गोरखा दरबार नामक नेपाली रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्