close

देवदहमा सामुदायिक भवन बन्ने

देवदहमा सामुदायिक भवन बन्ने

Trulli
ADVERTISEMENT

रुपन्देही- रुपन्देहीको देवदह नगरपालिका वडा–१ लक्ष्मी टोलमा देवदह सामुदायिक भवनको शिलान्यास गरिएको छ । देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यादेवी गुरुङले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।


९१ लाख २७ हजार ८ सय ६६ लगात अनुमान भए पनि ७६ लाख ५९ हजार ५ सय १८ रुपैयाँमा ठेकेदार कोरल निर्माण प्रालि त्रिवेणीले भवन निर्माणको जिम्मा पाएको छ । भवन सम्झौता भएको मितिदेखि १ वर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।


कार्यक्रममा नगरप्रमुख खत्रीले भवन निर्माण गुणस्तरीय र समयमै सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिए । सम्झौताविपरीत काम भए खबरदारी गर्न स्थानीयलाई उनको आग्रह छ ।


कार्यक्रममा उपप्रमुख गुरुङले यो भवन निर्माण भएपछि १, २, ११ र १२ का वडाबासीलाई कार्यक्रम गर्न सहज हुने बताइन् । ‘स्टेजसहितको २ सय क्षमताको हल बनेपछि यस क्षेत्रका स्थानीयलाई कार्यक्रम गर्न नगरपालिका धाउनुपर्ने अवस्था अन्त्य हुनेछ’, उनले भनिन् ।


वडा–१ का वडाध्यक्ष रमेश भुसाल, टोल समिति अध्यक्ष रामप्रसाद पराजुली र वडा–१ का वडा सचिव खगेन्द्र बरालले सामुदायिक भवन निर्माणबारे चर्चा गरेका थिए ।