close

जैमिनीमा खुल्यो वाणिज्य बैंकको शाखा

जैमिनीमा खुल्यो वाणिज्य बैंकको शाखा

Trulli
ADVERTISEMENT

बाग्लुङ- जैमिनी नगरपालिकाको मुकाम कुश्मीसेरा बजारमा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो कारोबार सुरु गरेको छ । द्वन्द्वको समयमा विस्थापित भएको शाखा कार्यालय पुनः संचालनमा ल्याएर बैंकले सोमबारदेखि करोबार थालेको हो ।


बैंकको कुश्मीसेरा शाखामा पहिलो खाता संचालनमा ल्याएर जैमिनी नगरका प्रमुख इन्द्रराज पौडेलले कारोबारको शुभारम्भ गरे । उनले बैंक तथा वित्तीय संस्थाले नगरवासीको हितमा हुनेगरी लगानी बढाउनुपर्ने बताए । सरकारी स्वामित्व रहेको बैंकले जनताको मर्मअनुसार नै निक्षेप संकलन र कर्जा प्रवाहका काम गर्ने बैंकका शाखा प्रबन्धक लोकप्रकाश पौडेलले बताए ।


द्वन्द्वको समयभन्दा पहिला सेरा बजारमा रहेको बैंकको शाखा जिल्लाकै पहिलो शाखा हो । विस्थापित भएपछि सदरमुकाम आएको शाखालाई कायम राखेर कुश्मीसेरामा नयाँ शाखा संचालनमा आएको हो । तीन वर्ष पहिलेदेखि शाखा विस्तारको प्रयास थालेको बैंकले दशैँको मौका पारेर यस वर्ष मात्र आफ्नो शाखा संचालनमा ल्याएको हो ।