close

लुम्बिनी प्रदेश सरकारकाे चाडपर्व लक्षित सुरक्षा विशेष रणनीति

लुम्बिनी प्रदेश सरकारकाे चाडपर्व लक्षित सुरक्षा विशेष रणनीति

Trulli
ADVERTISEMENT

रुपन्देही–  लुम्बिनी प्रदेश सरकारले चाडपर्व लक्षित सडक सुरक्षा विशेष रणनीतिक योजना बनाएर तत्कालै लागू गर्ने निर्णय गरेको छ । नजिकिँदै गरेका दसैं–तिहार, छठजस्ता चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालगायत घटनाबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा विशेष रणनीति अपनाइएको प्रदेश सरकारले जनाएको छ ।


सरोकारवाला पक्षसँग छलफल गरी सडक दुर्घटनाबाट हुने मानवीय क्षति शून्यमा झार्ने र सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ ।


मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय छलफलमा विशेष रणनीति सफल पार्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्थ संयोजकत्वको विशेष अनुगमन समिति निर्माण गरेको छ ।


‘समितिले कोभिड–१९ को समस्यालाई समेत ध्यानमा राखेर सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै  विशेष रणनीति कार्यान्वयन गर्न÷गराउन तदारुकता देखाउने गरी काम अघि बढाउँछौं’, सचिव पन्तले भने ।  


चाडपर्वका बेला सवारी साधन र यात्रुको भीडभाड बढ्न सक्ने, यसले कोभिडको संक्रमण निम्त्याउने भएकाले जनस्वास्थ्य मापदण्डसमेत पालना गराउनुपर्ने उनले बताए ।


विशेष रणनीतिअन्तर्गत तत्काल सडक मर्मत गर्ने, ट्राफिक नियम कडाइसाथ लागू गर्ने, सहज यातायातका साधन उपलब्ध गराउनेलगायत विभिन्न निर्णय गरिएको छ ।


सडकको दुरावस्था र अधिक दुर्घटना हुने प्रदेशका ३ स्थान नवलपरासीको दाउन्ने, बुटवलको सिद्धबाबा र कपिलवस्तुको धानखोला क्षेत्रमा विशेष ध्यान दिन विशेष किसिमको निगरानी र बजेटसमेत छुट्याइएको मन्त्रालयले जनाएको छ ।