close

सिदिङ्वाका विद्यालय व्यवस्थापन समितिको म्याद थप

सिदिङ्वाका विद्यालय व्यवस्थापन समितिको म्याद थप

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिको म्याद सकिए पनि अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि अहिलेकै समितिका काम कारबाहीलाई वैधानिकता दिने भएको छ ।


गाउँ कार्यपालिकाको बैठकले अहिलेको विषम परिस्थतिमा विद्यालय व्यवस्थापन समिति गठनलगायतका कार्य गर्ने अवस्था नरहेकाले म्याद सकिएका व्यवस्थापन समितिको कार्यकाल अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि कायम राख्ने निर्णय लिएको हो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले गाउँपालिकाको शिक्षा ऐनको आधारमा रही कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनमा ल्याइएको बताए । तर, म्याद सकिएका विद्यालय व्यवस्थापन समितिहरूले संक्रमणकालीन निर्णयलाई मात्र गाउँ शिक्षा समितिले वैधानिक दिनेछ ।


गाउँपालिकाले संक्रमणकालीन निर्णयभित्र तलब भत्ता खुवाउने, सार्वजनिक लेखा परीक्षण, दैनिक प्रशासनिक कामकाज र शिक्षक तथा कर्मचारीको नियुक्ति, सरुवा र पदस्थापनलाई मात्र समेटेको छ । तत्कालको अवस्थामा विद्यालयको कामकाजमा असर नपुगोस् भन्ने हेतुले यस्तो निर्णय गरिएको गाउँ शिक्षा समितिका अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए ।