close

१५ कात्तिकसम्म ताप्लेजुङमा पनि लाग्यो निषेधाज्ञा, साँझ ८ बजेदेखि हिँडडुलमा प्रतिबन्ध

१५ कात्तिकसम्म ताप्लेजुङमा पनि लाग्यो निषेधाज्ञा, साँझ ८ बजेदेखि हिँडडुलमा प्रतिबन्ध

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाभर साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न, बजार र छोटो दूरीका यातायातका साधन संचालन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको छ ।


तर, लामो दूरीका सवारी साधन संचालनमा भने प्रतिबन्ध लगाइएको छैन । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंद्वारा जारी निषेधाज्ञामा जिल्लाभरका सबै मठमन्दिर, गुम्बा, चर्चहरूमा दैनिक रूपमा गरिने नित्य पूजा÷प्रार्थनाबाहेक सामूहिक रूपमा भेला भई पूजा, प्रार्थना, भजनकीर्तन, बलि पूजा, मूर्ति विर्सजनलगायतका कार्य गर्न नपाइने भएको छ ।


यस्तै, चाडपर्वमा सामूहिक रूपमा भेला भई शुभकामना आदानप्रदान र चियापान जस्ता कार्यक्रमहरूसमेत गर्न नपाइने भएको छ । सामूहिका रूपमा कार्यक्रम आयोजना गरी गरिने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभा सम्मेलन जस्ता कार्यक्रम गर्नमा समेत निषेधाज्ञाले रोक लगाएको छ ।


३ कात्तिकदेखि लागू हुने यो निषेधाज्ञा १५ कात्तिक राती १२ बजेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० बमोजिम कोरोनाको बढ्दो जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।