close

कोरोनाका कारण धनुषाका शक्तिपीठमा यस पटक पशु बलि निषेध

कोरोनाका कारण धनुषाका शक्तिपीठमा यस पटक पशु बलि निषेध

Trulli
ADVERTISEMENT

धनुषा– धनुषाका सबै स्थानीय तह र पालिकाहरुमा कोरोना संक्रमणको बेला मठ–मन्दिर र देवी शक्तिपीठमा भिडभाड गरेर पूजाआजा नगर्न जिल्ला प्रशाशन कार्यालय धनुषाले आग्रह गरेको छ ।


धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले कोरोना संक्रमणलाई लिएर गृह मन्त्रालयले गरेको निर्णय अनुसार नै धनुषाको १८ ओटै पालिकाको शक्तिपीठहरुमा भीडभाड गरेर पूजा पाठ नगर्न आग्रह गरेको बताए ।


वडा  दशैमा बोका बलीको लागि चर्चित जनकपुरधाम उपमहानगर पालिकाभित्र रहेको राजदेवी मन्दिरमा यस वर्ष धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले  कुभिण्डो (कुम्हर)को बली दिएर ‘क्षमापुजा’ गर्ने भएका छन् ।


मन्दिरमा कुभिण्डो काटेर बली दिने चलन पहिलेदेखि नै चल्दै आएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन अत्यधिक भीडभाड हुन नदिन सतर्कता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको आइतवार बसेको बैठकले राजदेवी मन्दिरमा हुने बली प्रदानलाई रोकेर कुभिण्डो बलीलाई नै क्षमापुजाको रुपमा लिने सहमति गरेको छ ।

 

भीड हुन नदिन सुरक्षाको विशेष प्रवन्ध मिलाइएको छ । राजदेवी मन्दिरमा अष्टमीको राती एक दिन मात्र बली दिइन्छ ।  तर यस वर्ष पुजाको तयारी प्रारम्भ हुनुअगावै बली प्रदान नहुने निर्णय भएकाले भीड हुने सम्भवना नरहेको बताइन्छ । बिहान लड्डु चढाउने भीडलाई समेत नियन्त्रण गरिने धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले जनाए ।


सबैलाई सरकारी निर्णयको पालना गर्न आग्रह गर्दै उनले सुरक्षा समितिको निर्णय विपरित कार्य नगर्न अनुरोध गरे । धनुषाको बिभिन्न शक्तिपीठहरुमा वडा दशैको महाअष्ठमीको राति बलि प्रदान हुने गर्छ । जनकपुरधाम उप महानगर पालिकाको राजदेवी मंदिरमा मात्र १५ हजार बोका बलि हुने गरेको महावीर युवा कमिटीले जनाएको छ ।