close

वडावासीलाई निःशुल्क स्वास्थ्य प्याकेज

वडावासीलाई निःशुल्क स्वास्थ्य प्याकेज

Trulli
ADVERTISEMENT

धनुषा- जनकपुरधाम उपमहानगर वडा- ७ ले वडावासी लक्षित स्वास्थ्य प्याकेज सार्वजनिक गरेको छ । वडा- ७ का वडा अध्यक्ष जानकीराम साहले वडामा रहेका बालबालिका, गर्भवती एवं ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने घोषणा गरेका हुन् ।

 

दशैँका अवसरमा मंगलबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष साहले पदमा रहुञ्जेल उनीहरूलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 

बालबालिकालाई जनकपुर बाल अस्पताल र शिखा बाल क्लिनिक तथा गर्भवती महिलाको अल्ट्रासाउन्ड स्वस्तिक अल्ट्रासान्ड प्रालिमा वडाको सिफारिसमा निःशुल्क गरिने वडाध्यक्ष साहले जानकारी दिए ।

 

‘बिरामीका लागि सामान्य प्याथोलोजी,  ब्लड, दिसापिसाब जाँच वडाको सिफारिसको आधारमा निःशुल्क गर्छौं’, साहले भने ।

 

गर्भवती महिलाको उपचार डा. जियाउल हक, ज्येष्ठ नागरिकलाई डा. श्रीराम शर्मा र बालबालिकालाई डा. मोहम्मद जाफर राईनले विनाशुल्क उपचार सेवा प्रदान गर्नेछन् ।

 

नगर सरसफाइका लागि कुनै पनि संघसंस्था अथवा सरसफाइ अभियन्ताले फोहोर व्यवस्थापनका लागि आफूसँग गाडी सहयोग स्वरूप लिन चाहे छठ पर्वसम्म व्यक्तिगत तर्फबाट उनीहरूलाई गाडीसमेत निःशुल्क उपलब्ध गराउने वडा अध्यक्ष साहले घोषणा गरेका छन् ।

 

२५ वडा रहेको जनकपुरधाम उपमहानगरमध्ये वडा- ७ ले वडावासीका लागि निःशुल्क स्वास्थ्योपचार घोषणा गरेको हो ।