close

लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालमा बिरामीको निःशुल्क उपचार

लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालमा बिरामीको निःशुल्क उपचार

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका ४ वटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको बताएका छन् ।

 

मुख्यमन्त्री पोखरेलको पार्टी नेकपाको संघीय सरकारले भने सर्वसाधारणले कोरोना परीक्षण र अस्पतालमा बसेको खर्च आफैँले बझाउनुपर्ने निर्णय गरेको छ ।

 

मुख्यमन्त्री पोखरेलले मंगलबार सामाजिक सञ्जाल कोरोनाका बिरामीको निःशुल्क उपचार गरिने जानकारी गराएका हुन्  ।

 

संघीय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना परीक्षण संक्रमण उपचार खर्च आफैँ व्यहोर्ने भनेपछि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री पोखरेलले यस्तो उल्लेख गरेका हुन् ।

 

प्रदेश सरकारको यो निर्णय स्वागतयोग्ग रहेको बुटवल उपमहानगरका स्थानीय हरि ज्ञवाली बताउँछन् । लुम्बिनी प्रदेशमा अहिले चारवटा कोरोना अस्पताल छन् भने बिरामीको चापका कारण आईसीयू र भेन्टिलेटर नपाएर तीन जनाले ज्यान गुमाइसकेका छन् ।

 

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बुटवलको धागो कारखानामा संचालित कोरोना अस्पतालमा बिरामीको चाप बढेपछि शय्या भरिभराउ भएको बताए ।

 

अहिले लुम्बिनी प्रदेशका १२ जिल्लामा १५ हजार ७९५ कोरोना संक्रमितमध्ये ११ हजार ६३० पुरुष र चार हजार १६५ महिला छन् ।

 

प्रदेशमा कोरोनाका कारण २४० जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिए ।