close

पहिलो चौमासिक तलब नपाएको शिक्षकको गुनासो

पहिलो चौमासिक तलब नपाएको शिक्षकको गुनासो

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको सिमकोट गाउँपालिकाले पहिलो चौमासिकको तलब नखुवाएको सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले गुनासो गरेका छन् । गत ५ चैतदेखि देशभरका शैक्षिक संस्था बन्द भएपछि हुम्लाका पनि सबै विद्यालय बन्द भएका थिए ।


कोरोना त्रासका कारण विद्यालय नखुले पनि आफूहरूले पाउने साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकको तलब नपाएको गुनासो गरेका हुन् ।
    

दशैँको मुखमा गाउँपालिकाले तलब खुवाउन ढिलाइ गरेको मानसरोवर माध्यमिक विद्यालयका प्राचार्य अमरबहादुर शाहीले जानकारी दिए ।
    

चार महिनादेखिको तलब रोकिँदा दशैँको मुखमा गर्जो टार्न र घर व्यवहार चलाउन समस्या हुने देखिएको प्राचार्य शाहीले गुनासो गरे ।


लामो समयदेखि विद्यालयमा काम गर्दै आए पनि अहिले स्थानीय तहले तलब नपठाउँदा आफूहरू अलमलमा परेको शाहीको भनाइ छ ।
    

शिक्षा मन्त्रालयले सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिए पनि स्थानीय तहले आफूहरूप्रति बेवास्ता गरेको उनीहरूले गुनासो गरेका छन् ।
 

सिमकोट गाउँपालिकाले भने केही दिनमै रकम निकासा गरी तलब खुवाउने बताएको छ ।