close

सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी पुस्तक

सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी पुस्तक

Trulli
ADVERTISEMENT

झापा– पछिल्लो समय अभिभावकहरुमा अंग्रेजी मोह देखिएको छ । आर्थिक अभावका कारण आफ्ना नानीहरुलाई बोर्डिङ स्कुल पढाउन नसक्नेहरुका लागि झापाका अधिकांश सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको छ ।


तर, पाठ्क्रम अनुसारका पुस्तक समेत किन्न नसक्ने अभिभावक समेत झापाको कमल गाउँपालिकामा धेरै छन् । उनीहरुलाई मध्यनजर गर्दै गाँउपालिकाले विद्यार्थीहरुलाई निःशुल्क पुस्तक वितरण गरेको छ ।

 

गाउँपालिका भित्र रहेका २१ वटा सामुदायिक विद्यालयका करिब ८ सय ५० विद्यार्थीलाई अंग्रेजी माध्यमको पुस्तक वितरण गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।


गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा भर्ना भएका नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीलाइ पुस्तक वितरण गरिएको हो । ‘सामुदायिक विद्यालयमा नेपाली माध्यमबाट पढ्ने विद्यार्थीलाई सरकारले नै कितावको व्यवस्था गरेको भएपनि अंग्रेजी माध्यमको पुस्तक गाउँपालिकाबाट व्यवस्था गरिएको छ,’ काफ्लेले भनिन् ।

 

अभिभावकहरुलाई सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाइ हुन्छ भन्नेमा नै विश्वास नभएकोले पनि स्थानीय सरकारको तर्पmबाट पुस्तक वितरण गरिएको र यसका लागि सरकारले चालु आर्थिक बर्षमा ५ लाख रुपैयाँ छुट्याएको काफ्लेले बताइन् ।


नयाँ बिद्यार्थी भर्नाको क्रम जारी रहेकाले अभैm कति विद्यार्थी थपिने हुन भन्ने यकिन नभएकाले थप हुने विद्यार्थीलाई समेत पुस्तक दिइने गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले बताए ।

 

गाउँपालिकाले यसै आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ करोड ५ लाख रुपैया बजेट बिनियोजन गरेको छ । ७ वटै वडा भित्रका सबै सामुदायिक विद्यालयमा गाउँपालिकाले यस अघि नै इ–हाजिरी मेसिन, कम्प्युटर, शिक्षकलाई कम्प्युटर तालिम लगायतको व्यवस्था गरेको छ । गाउँपालिकाले यस अघि पनि सामुदायीक बिद्यालयका कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई ब्याग र जाडोको बेला स्वेटर बितरण गर्दै आएको छ ।