close

१० वर्षमा बल्ल बन्यो महिला बालबालिका पुनर्स्थापना केन्द्र

१० वर्षमा बल्ल बन्यो महिला बालबालिका पुनर्स्थापना केन्द्र

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङमा झण्डै १० वर्ष लगाएर महिला बालबालिका पुनर्स्थापना केन्द्रको भवन निर्माण गरिएको छ ।


आर्थिक वर्ष २०६९/०७० सालदेखि दिक्तेलको रत्नपार्क(किरातचोक) भन्दा केहीमाथि १० वर्ष लगाएर पूर्णता दिइएको एकतले भवन महिला बालबालिका पुनर्स्थापना केन्द्रको साधारणसभाको अवसरमा मंगलबार प्रतिनिधिसभा सांसद हिरा गुरुङले उद्घाटन गरेकी छन् ।


विभिन्न प्रकृतिका हिंसामा परेका महिला तथा बालबालिकालाई आश्रय दिएर संरक्षण गर्नका लागि तीन कोठे भवन निर्माण गरिएको हो । कृषिविज्ञ मदन राईले निःशुल्क जग्गा उपलव्ध गराएपछि केन्द्रको भवन निर्माण गरिएको महिला बालबालिका पुनर्स्थापना केन्द्रकी अध्यक्ष पुर्णमाया तामाङले बताइन् ।


आर्थिक वर्ष २०६९/०७० मा स्थानीय बिकास मन्त्रालयको ६ लाख, तत्कालिन जिल्ला विकास समितिको ३ लाख, आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशसभा सांसद उषाकला राईको संसदीय विकास कोषको ५ लाख, चन्दा संकलनबाट जम्मा भएको ६२ हजारलगायतको खर्चमा महिला केन्द्रको भवन बनेको हो ।


भवन निर्माणका क्रममा २२ लाखदेखि २५ लाखको हाराहारीमा खर्च भएको केन्द्रले जनाएको छ । केन्द्रको भवन निर्माणका क्रममा संस्थालाई करिव ६ लाखको हाराहारीमा ऋण लागेको अध्यक्ष तामाङले बताइन् ।

 

सेफहाउसको अभावमा हालसम्म हिंसा पीडित महिला तथा बालबालिकालाई अधिकारकर्मीको घर, कोठा वा संघसंस्थाको संरक्षणमा राख्ने गरिएको छ । भवन निर्माण भएपछि हिंसा पीडित महिला तथा बालबालिकालाई झन्झटकासाथ विभिन्न ठाउँमा असुरक्षित तरिकाले राख्नुपर्ने समस्या हल भएको केन्द्रकी अध्यक्ष तामाङले बताइन् ।

 


केन्द्रमा हिंसा पिडित पुरुष र अपांगता भएका व्यक्तिलाई समेत संरक्षण दिन सकिने जनाइएको छ । तर, जिल्लामा हालसम्म हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार तथा संरक्षण गर्नका लागि पुनर्स्थापना केन्द्रको अभाव थियो । पुःर्नस्थापना केन्द्रको अभावमा हिंसा पिडित वा प्रभाबितलाई महिला रक्षक सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, अधिकारकर्मी लगायतले सहयोग गर्दै आएका छन् ।

जग्गादाता राईलाई सम्मान

केन्द्रले भनवनका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाता कृषिविज्ञ मदन राईलाई सम्मान गरेको छ । साधारणसभा तथा केन्द्रको भवन उद्घाटनको अवसरमा जग्गादाता राईलाई सम्मान–पत्र सहित सम्मान गरिएको हो ।