close

संघीय सरकारलाई प्रदेश २ सरकारको चुनौतीः कोरोनाको उपचार र टेष्ट निःशुल्क गर्ने घोषणा

संघीय सरकारलाई प्रदेश २ सरकारको चुनौतीः कोरोनाको उपचार र टेष्ट निःशुल्क गर्ने घोषणा

Trulli
ADVERTISEMENT

 

धनुषा–

कोरोना संक्रमितहरु मध्ये विपन्न, असहाय र गरीव बाहेकलाई संघीय सरकारले  उपचार नगर्ने निर्णय सार्वजनिक गरे लगतै प्रदेश २  सरकारले प्रदेश भित्र संक्रमितलाई निःशुल्क उपचार गर्ने जनाएको छ ।


संघीय सरकारले संक्रमितको उपचार नगर्ने भन्नासाथ प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले संघीय सरकारलाई चुनौती दिदै यस्तो घोषणा गरेका हुन् ।


‘प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचार र परीक्षणमा सम्पूर्ण सहयोग गर्नेछ, ’ मुख्यमन्त्री राउतले भने, ‘कोरोना भाइरस संक्रमितको उपचारमा कुनै कमी आउन दिइने छैन ।’

 

प्रदेश २ मा संघीय सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि विशेष सहयोग उपलब्ध नगराएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले अगामी दिनमा पनि प्रदेशले सम्पूर्ण सहयोग गर्ने बताए ।

 

प्रदेश सरकारले सबै जिल्लामा कोरोना भाइरस संक्रमितको उपचारको पवन्ध मिलाएको जनाउँदै मुख्यमन्त्री राउतले संघीय सरकारले खर्च नदिएपनि प्रदेश सरकारले सहयोगलाई निरन्तरता दिने बताए ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरुले उपचार खर्च स्वयं नै व्यहोर्नुपर्ने सुचना सार्वजनिक गरेपछि संघीय सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

 

प्रत्येक नागरिकले स्वास्थ्य उपचार पाउने मौलिक हुँदा हुंदै संघीय सरकारको यो निर्णय संविधान र कानून विपरीत रहेको भन्दै मुख्यमन्त्री राउतले भने, ‘कोरोना भाइरस सम्बन्धी टेस्टहरुपनि प्रदेश २ भित्र निःशुल्क रुपमा नै हुनेछ ।’

 

प्रदेशमा कोरोनाको अवस्था


प्रदेश २ मा मंगलवार थप ७९ जना संक्रमित थपिएसँगै कुलसंख्या १५ हजार १७ पुगेको छ । त्यस्तै यस प्रदेशमा निको हुनेको संख्या १३ हजार ७ पुगेको छ ।


प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६२ पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी पर्सामा ४७, सप्तरीमा २३, बारामा १८, धनुषामा१८, महोत्तरीमा १७, सिरहामा १६, सर्लाहीमा १३, रौतहटमा ९ र १ जना भारतीय नागरिकको मृत्यु भएको छ ।