close

मेचीनगरका एकल जेष्ठ नागरिकलाई झुल र कृषकलाई बिउ वितरण

मेचीनगरका एकल जेष्ठ नागरिकलाई झुल र कृषकलाई बिउ वितरण

Trulli
ADVERTISEMENT

झापा- झापाको मेचीनगर नगरपालिका वडा नं.- १२ ले एकल महिलालाई झुल र वडावासीलाई बिउ बीजन वितरण गरेको छ ।


नगरबाट आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित जेष्ठ नागरिकको एक लाख रुपैयाँबाट जेष्ठ नागरिक एकल महिलालाई झुल र वडाभरिका सम्पूर्ण किसानलाई बिउ बीजन वितरण गरेको हो ।


२०० जना एकल महिलालाई झुल तथा दुई हजार कृषकलाई तरकारीको बिउ बीजन वितरण गरिएको वडा अध्यक्ष नरेन्द्र धिमालले बताए ।


यस्तै, वडाले किसानहरूलाई उन्नत जातको रायो, मूला, ब्रोकाउली, सिमीलगायतको बिउ वितरण गरेको धिमालले जानकारी दिए ।


धिमालले भने, 'कोरोना महामारीका कारण सबै व्यापार व्यवसायमा असर गरे पनि कृषिमा खासै असर नगरेकाले वडावासीलाई त्यसतर्फ केन्द्रित गराउन बिउ बीजन वितरण गरिएको हो ।'


विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण सबै वडावासीलाई वडामा बोलाएर बाँड्दा जोखिम हुने भएकाले टोल सुधार समितिमार्फत झुल र बिउ बीजन वितरण गरिएको वडा अध्यक्ष धिमालले बताए ।

वडाले कृषिमा आमवडावासीलाई आकर्षित गर्न समूहमा आउने किसानलाई स्प्रे ट्याङ्की, ५० प्रतिशत साझेदारीमा मकै र धानको बिउ वितरणलगायतका कार्यक्रम राखेको धिमालले जानकारी दिए ।