close

विनियोजित बजेट खर्चमा ढिलासुस्ती नगर्न मुख्यमन्त्रीको निर्देशन

विनियोजित बजेट खर्चमा ढिलासुस्ती नगर्न मुख्यमन्त्रीको निर्देशन

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्ययोजनाअनुसार काम गरेर विनियोजन भएको बजेट खर्च गर्न निर्देशन दिएका छन् ।


बजेट कार्यान्वयनका लागि तीन महिनामा भएका कामबारे मन्त्री र सचिवहरूसँग भएको भर्चुअल बैठकमा कोरोना भाइरसको कारण देखाएर विनियोजन भएको बजेट खर्चमा ढिलासुस्ती नगर्न निर्देशन दिएका थिए । ‘असहज अवस्थालाई सहज बनाउँदै काम गर्ने हो, समस्या पहिचान गरी समाधान गर्दै कार्ययोजनाअनुसार काम हुनुपर्छ’, मुख्यमन्त्री पोखरेलले भने ।


उनले कार्ययोजनाअनुसार काम गर्ने र बजेट खर्च गर्ने प्रणालीको विकास गर्न सक्दा आगामी दिनहरूमा सरकारका काम अझै प्रभावकारी हुने बताए । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशले ८० प्रतिशत पुँजीगत खर्च गरेको र अहिले त्यसभन्दा धेरै राम्रो गर्नुपर्ने उनको भनाइ थियो ।


मुख्यमन्त्री पोखरेलले उद्योग, वन तथा वातावरण मन्त्रालयलाई बहुमूल्य नर्सरीको स्थापना गरी निःशुल्क बिरुवा वितरण गर्ने गरी अघि बढ्न निर्देशन पनि दिएका छन् । विगतमा वृक्षरोपण अभियान अघि बढेको तर त्यसको प्रभावकारिता सिंगो प्रदेशमा सन्तोषप्रद नभएकाले त्यसको कारण खोज्नुपर्ने र वृक्षरोपण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड थियो ।


कोरोना संक्रमणले कतिपय मन्त्री र सचिव आइसोलेसनमा रहेकाले मन्त्री र सचिवहरूसंग भर्चुअल बैठक भएको मुख्यमन्त्रीका प्रेस संयोजक शेरबहादुर केसीले बताए ।