close

शुद्धोधनमा वडा पकेट क्षेत्र घोषणा

शुद्धोधनमा वडा पकेट क्षेत्र घोषणा

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको शुद्धोधन गाउँपालिकाले आफ्नो पालिकाको विकासका लागि विभिन्न क्षेत्र छुट्याएर विकास गर्न थालेको छ । गाउँपालिकाले सात वडासम्म विभिन्न क्षेत्र बाँडेर विकासका काम अघि बढाएको हो ।


शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले कृषि, पशुपालन, दूध, धानलगायतका क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरेको बताए ।


अध्यक्ष चौधरीले भने, ‘वडा- १ लाई तरकारी पकेट क्षेत्र, २, ३, ४ लाई दूध उत्पादन क्षेत्र, वडा- ५ लाई पर्यटन क्षेत्र, वडा- ६ र ७ लाई माछापालन र तरकारी क्षेत्र पकेट क्षेत्र घोषणा गरेका छौँ ।’


शुद्धोधनको वडा- १ बाट उत्पादन भएर बुटवल आउने तरकारी उत्पादनलाई बढावा दिन गाउँपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराएको चौधरीले जानकारी दिए । दूध, मल, बिउ, तरकारी, पशुपालन क्षेत्रलाई अनुदान दिने नीति रहेको उनले सुनाए ।


शुद्धोधन गाउँपालिका वडा- २ का अध्यक्ष विष्णुप्रसाद बस्याल शुद्धोधनमा पशुपालन, माछापालनलगायत क्षेत्रमा उल्लेख काम गरिएको बताउँछन् । ‘गाउँपालिकाको वडाबाटै दूधदेखि तरकारीसम्म अनुदान दिएपछि किसानले लाभ लिएका छन्’, बस्यालले भने ।


स्थानीय सरकार आएपछि अनुदानदेखि राहतसम्म दिएको कृषक शंकर चौधरी बताउँछन् । पर्यटन क्षेत्रमा उल्लेखनीय काम भएको वडा- ४ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता राजेन्द्र कँडेलको दाबी छ ।


‘वडा- २ र ५ मा चिल्ड्रेन पार्कदेखि अन्य पर्यटकीय क्षेत्रका लागि गाउँपालिकाले काम गरेको छ । प्रदेश र स्थानीयको सहयोगमा एक करोडको लगानीमा वडा- ५ र वडा- २ मा पनि एक करोडकै लगानीमा पार्क बनाउने तयारी छ’, कँडेलले भने ।


गाउँपालिका अध्यक्ष चौधरी कृषि र पर्यटनको विकासलाई जोडेर अघि बढ्ने उद्देश्यले वडा बाँडेर काम गरेको बताउँछन् ।