close

खुम्बु क्षेत्रमा हेलिकप्टरले यात्रु ओसार्न नपाउने

खुम्बु क्षेत्रमा हेलिकप्टरले यात्रु ओसार्न नपाउने

Trulli
ADVERTISEMENT

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकप्टर कम्पनी तथा वायुसेवा कम्पनीहरूलाई गाउँपालिका भित्र यात्रु लिएर आउन प्रतिबन्ध लगाएको छ ।


सबैखालका सजगता अपनाउँदा अपनाउँदै गाउँपालिकाभित्र कोरोना संक्रमण भेटिएकाले हवाइ उडान बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।


संक्रमणलाई थप फैलन नदिन गाउँपालिकाभित्र सञ्चालन भएका लज तथा होटल व्यवसाय र अन्य व्यवसायबाट सेवा प्रभाव हुन नसक्ने बताइएको छ ।

गाउँपालिकाले कात्तिक ८ देखि अर्को निर्णय नहुँदासम्म खुम्बु क्षेत्रमा वायु सेवा कम्पनीहरूलाई यात्रु लिएर नआउन भनेको छ ।