close

फ्रण्टलाईनर ज्ञवाली 

फ्रण्टलाईनर ज्ञवाली 

Trulli
ADVERTISEMENT

नवलपरासी– कोरोना भाइरस विरुद्धको सचेतनामा दिनरात लागिपरेका बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली आफैं कोरोना भाइरसबाट संक्रमित भए । 

 

रिपोर्ट पोजेटिभ आएपछि १५ दिनदेखि होम आइसोलेसनमा छन्, ज्ञवाली । बर्दघाटवासीलाई कोभिडसँग लड्न सिकाउँदा सिकाउँदै आफैं संक्रमित भएका ज्ञवालीको रिपोर्ट यतिबेला नेगेटिभ आएको छ । 

 

कोरोना विरुद्धको लडाईं जित्न आत्मबल दह्रो चाहिने उनको अनुभव छ । ‘आज (मंगलबार) मेरो रिर्पाेट नेगेटिभ आयो, यसपटकलाई कोरोना जितेको छु, बर्दघाट नगरवासीसंग मिलेर कोरोना बिरुद्धको लडाईमा अग्रसर हुन तयार भइसकेको छु’ ज्ञवालीले भने । 

 

कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका बर्दघाट नगर प्रमुख धिरज बस्याल पनि संक्रमणमुक्त भइसकेका छन् ।