close

कोरोना संक्रमित मेचिनगरका मेयरको स्वास्थ्य अवस्था नाजुक, थप उपचारका लागि भारत लगियो

कोरोना संक्रमित मेचिनगरका मेयरको स्वास्थ्य अवस्था नाजुक, थप उपचारका लागि भारत लगियो

Trulli
ADVERTISEMENT

झापा–  मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलिगुढी लगिएको छ । कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए ।

 

मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि आज साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।