close

तलब काटेर नगरवासीलाई इन्टरनेट दिने वडाअध्यक्ष

२४ सै घण्टा निःशुल्क वाईफाई 

तलब काटेर नगरवासीलाई इन्टरनेट दिने वडाअध्यक्ष

२४ सै घण्टा निःशुल्क वाईफाई 

Trulli
ADVERTISEMENT

रामेछाप– तलब भत्ता र सुविधामै हानाथाप गर्छन् भन्ने आरोप जनप्रतिनिधिमाथी बारम्बार लाग्ने गरेको छ । केहि जनप्रतिनिधिका आचरणका कारण  त्यस्ता गुनासो आउने गरेपनि अधिकांशले सेवाभावले काम गरेका छन् । यस्तै देखियो, रामेछाप नगरपालिकामा पनि । 

 

रामेछाप नगरपालिका–५ रामपुरका वडाध्यक्ष भिम बहादुर तामाङले आफूले पाउँदै आएको तलब–भत्ता बापतको रकमले आफ्नो वडालाई सूचनामैत्री बनाउने अभियानमा खर्च गर्न थालेका छन् । उनले रामपुर, चारघरे बजारमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएका छन् । 

 

वडा अध्यक्ष तामाङले भने– ‘विश्वलाई एकै ठाउँबाट हेर्ने माध्यम नै इन्टरनेट हो, अहिले विद्यार्थीहरुले पढ्नेदेखि कार्यालयमा काम गर्दा समेत अत्यावश्यक इन्टरनेट नहुँदा धेरै कामहरु गर्न नसकिने भन्ने बुझें, त्यसैले आफूले राज्यबाट लिदै आएको तलब–भत्ताको रकमले रामपुर बजार र चारघरे बजार क्षेत्रमा निःशुल्क वाइफाई सेवा दिन थालेको छु ।’ 

 

वडा कार्यालयले बजेट नै छुट्याएर यसअघि जनता मावि चारघरे, भिमेश्वर मावि रामपुर र रामपुर बचत सहकारी संस्थामा पनि इन्टरनेट जडान गरिएको छ । अन्य विद्यालयहरुमा पनि इन्टरनेट विस्तार गरिने वडा अध्यक्ष तामाङले बताए ।