close

भिड नियन्त्रण गर्न ताजकोटका सबै नाका सिल

भिड नियन्त्रण गर्न ताजकोटका सबै नाका सिल

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको तल्लो क्षेत्रमा रहेको ताजकोट गाउँपालिकाले ५ दिनका लागि पालिकाभित्रका सबै नाका बन्द गरेको छ ।

 

ताजकोट गाउँकार्यपालिकाको ११ कात्तिकको निर्णयअनुसार कोरोना संक्रमण बढ्ने क्रम जारी रहेकाले आउँदो पूर्णिमा अवधिभर मानिसको भीडभाड बढी हुने हुँदा पालिका मातहतका नाका बन्द गरिएको ताजाकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए ।

 

‘बाजुराको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताजकोट र माथिल्लो हुम्ला पुग्ने मुख्य नाकामा ५ दिनका लागि आउजाउ बन्द गरिएको हो’, ढकालले भने ।

 

ताजाकोटमा पूर्णिमा भव्य रुपमा मानिने भएकाले अन्तरजिल्लाबाट मानिस आउने हुँदा नाका बन्द गर्नु परेको ताजकोट गाउँपालिका उपाध्यक्ष मन्जु बुढाले बताइन् । 

 

दसैंको समय अन्तरजिल्लाबाट हुम्लाको ताजकोट भएर आउजाउ गर्दा कोरोना संक्रमण हुन सक्ने डरले पालिका प्रवेश बन्द गरिएको हो ।