close

जुवाडे वडा अध्यक्षसहित १० पक्राउ

जुवाडे वडा अध्यक्षसहित १० पक्राउ

Trulli
ADVERTISEMENT

बझाङ– बझाङमा वडाध्यक्षसहित १० जुवाडे पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा–४ बाट विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा नगद ७० हजारसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले ७० हजार ७ सय ३० रुपँयाँसहित जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष गगन खातीलगायतका जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए ।

 

उनीहरू सबैलाई जुवा खालबाट पक्राउ गरिएको हो । जुवा खेल्दा पक्राउ परेकाहरूलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।