close

चौरजहारीको विद्यार्थी सिकाइ सहजीकरण कार्ययोजना

चौरजहारीको विद्यार्थी सिकाइ सहजीकरण कार्ययोजना

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- जिल्लाको चौरजहारी नगरपालिकाले कोरोनाका कारण बन्द पठनपाठन सञ्चालनका लागि विद्यार्थी सिकाइ सहजीकरण कार्ययोजना निर्माण गरेको छ । 


गत चैतदेखि बन्द रहेका विद्यालयहरूमा विद्यार्थी सिकाइ सहजीकरण केन्द्रमार्फत पठनपाठन सुरु गरेको नगरपालिकाले विद्यार्थी सिकाइ सहजीकरण कार्ययोजना जारी गरेको हो । 


नगर शिक्षा समितिको २ कात्तिकको बैठकबाट तयार पारिएको कार्ययोजना ५ कात्तिकमा बसेको नगर कार्यपालिकाले पारित गरेको हो । कार्ययोजनामा सिकाइ सहजीकरण केन्द्र सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ ।

कुन तहको पठनपाठन कुन बेला सञ्चालन गर्ने भन्नेबारे कार्ययोजनामा उल्लेख छ । विद्यालयको तहअनुसार पठनपाठनका लागि समय निर्धारण गरिएको छ । 


कक्षा १-५ सम्म सञ्चालित विद्यालयको हकमा १-३ र ४, ५ को पठनपाठन हरेक दिन सञ्चालन हुनेछ । कक्षा १-८ सम्म सञ्चालित विद्यालयको हकमा भने १-३ को आइतबार, मंगलबार, बिहीबार र शनिबार, कक्षा ४, ५ को आइतबार, मंगलबार, बिहीबार र शनिबार, कक्षा ६, ७ को मंगलबार, बुधबार तथा शुक्रबार र  कक्षा ८ को सोमबार, बुधबार अनि शुक्रबार पढाइ हुने कार्ययोजनामा व्यवस्था छ । 

 

यस्तै, कक्षा १-१० सम्म सञ्चालित विद्यालयको हकमा १-३ सम्म आइतबार, बुधबार र शनिबार, ४, ५ मा आइतबार, बुधबार र शनिबार, ६, ७ मा सोमबार, बिहीबार र आइतबार, कक्षा ७, ८ मा सोमबार, बिहीबार र आइतबार, कक्षा ९ मा मंगलबार शुक्रबार र सोमबार तथा कक्षा १० मा मंगलबार, शुक्रबार र सोमबार पठनपाठन हुनेछ । 


कक्षा ६-१२ सम्म पढाइ हुने विद्यालयमा भने कक्षा ६, ७ मा आइतबार, मंगलबार, बिहीबार र शनिबार, कक्षा ८ मा आइतबार, मंगलबार, बुधबार र शनिबार, कक्षा ९ मा सोमबार, बुधबार र शुक्रबार, कक्षा १० मा सोमबार, बुधबार र शुक्रबार पढाइ सञ्चालन गर्नुपर्नेछ भने कक्षा ११, १२ को हकमा भने विद्यालय आफैँले कार्ययोजना बनाएर लागू गर्ने भनिएको छ । 


कोरोनाका कारण पठनपाठन रोकिएकाले अब तिहारको हकमा सरकारले राजपत्रमा प्रकाशित गरेको बिदाबाहेक अन्य दिन सिकाइ सहजीकरण केन्द्र बन्द गर्न पाइने छैन ।


सबै बिदा कटौती भइसकेकाले अब शिक्षकहरूले यस शैक्षिक सत्रमा कुनै पनि बिदा लिन पाउनेछैनन् ।