close

हिल्दुम बितरण केन्दको सेवा सुरु

हिल्दुम बितरण केन्दको सेवा सुरु

Trulli
ADVERTISEMENT

हुम्ला– सिमकोट गाउँपालिकास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय सिमकोटले झण्डै एक महिनापछि मिटर रिडिङ र बिलिङ सेवा सुरु गरेको छ ।


कार्यालयका तीन कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गत १३ असोजदेखि सम्पूर्ण सेवा बन्द गर्दै हिल्दुम बितरण केन्द्र कार्यालय सिल गरिएको थियो ।


विद्युत् महसुल बुझाउन आउने ग्राहक र उनीहरुका घरमा विद्युत् खपतको बिल काट्न जाँदा कोरोना संक्रमण थप बढ्न सक्ने भएकाले बन्द गरिएको सम्पूर्ण सेवा आजदेखि सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख लालबहादुर लम्सालले जानकारी दिए ।


असोज महिनामा तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि उपभोक्ताको बिल नकाटिएको भए पनि भदौमा ग्राहकले तिरेको विद्युत् महसुलका आधारमा विद्युत् खपत गरेको शुल्क तिर्नुपर्ने भएको छ ।


आजदेखि कात्तिक १९ गते एक हप्तासम्म असोज महिनाको महसुल तिर्न आउने ग्राहकलाई जरिमाना नलाग्ने र त्यसपछि जरिमाना लाग्ने भएको विद्युत् कार्यालय सिमकोटले जनाएको छ ।


प्राधिकरण कार्यालय सिमकोटले सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार नौ सय घरधुरीलाई उज्यालो प्रदान गर्दै आएको छ ।


कोरोना पोजिटिभ भएका तीन कर्मचारी सहित तिनका सम्पर्कमा आएका अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ आएसँगै सम्पूर्ण सेवा चलाइएको कार्यलय प्रमुर लम्सालले बताए ।