close

७५ लाखको लगानीमा शुद्धोधन गाउँपालिका- ४ मा बन्यो नयाँ भवन

७५ लाखको लगानीमा शुद्धोधन गाउँपालिका- ४ मा बन्यो नयाँ भवन

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर- ४ को  नयाँ वडा कार्यालयको उद्घाटन भएको छ ।


भवनको कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले उक्त कार्यालयको उद्घाटन गरेका हुन् । मन्त्री भुसालले सरकारले पहिलाको तुलनामा धेरै राम्रा विकास निर्माणका कामहरू सम्पन्न भइसकेका तर सरकारले कवुल गरेअनुसार काम गर्न नसकेको बताए ।


किसानलाई समयमा मलखाद वितरण गर्न कोरोनाको संक्रमण र केही ठेकदारहरूका कारणल नसकेको स्वीकार गर्दै अब कमी कमजोरी सच्याउँदै किसानलाई समयमा बिउबीजन र मलखाद उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।


शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले चुनावमा गरिएको प्रतिबद्धताअनुसार विकास निर्माणका कार्यहरू अगाडि बढिरहेको र यस गाउँपालिकामा विकासको क्रम बढिरहेको भन्दै यस गाउँपालिकाले कृषि क्षेत्रलाई केन्द्रित गरेको बताए ।


शुद्धोधन गाउँपालिका- ४ का वडा अध्यक्ष राजेन्द्र कँडेलले कतिपय विकास निर्माणका कार्यहरू सम्पन्न भइसकेका र कतिपय कार्यहरू क्रमिक रूपमा अगाडि बढिरहेको बताए ।


शुद्धोधन गाउँपालिका- ४ को नवनिर्मित भवन ७४ लाख ८६ हजार ६५१ रुपैयाँको लागतमा निर्माण भएको हो । वडा कार्यालय रहेकोे जग्गाको क्षेत्रफल साढे दुई कठ्ठा रहेकोे प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र चौधरीले जानकारी दिए ।