close

कीर्तिपुरमा नमुना प्रदेशसभा 

कीर्तिपुरमा नमुना प्रदेशसभा 

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीय गणतन्त्र र व्यवस्थापिका सदनको विषयमा पठनसंस्कृतिलाई व्यावहारिक रूपमा बुझ्न कीर्तिपुरमा रहेको क्रिएटिभ एकेडेमीका विद्यार्थीले ‘प्रथम क्रिएटिभ नमुना प्रदेशसभा’ सञ्चालन गरेका छन् । दुई दिनसम्म सभा आयोजना गरेर विद्यार्थीले संसद्भित्रको सिद्धान्तलाई व्यावहारिक रूपमा बुझ्ने प्रयास गरेका हुन् ।

 

मुलुक संघीय गणतन्त्रमा गएपछि त्यसको कार्यान्वयनमा केही समस्या रहेको बताइरहँदा विद्यार्थीले व्यावहारिक रूपमा सोबारे अभ्यास गरेकामा खुसी लागेको बागमती प्रदेशका सभामुख सानु श्रेष्ठले बताए । उनले व्यवहारमा संघीयता कार्यान्वयन गर्न आफूले सिकेको ज्ञानलाई प्रयोग गर्नुपर्ने धारणा राख्दै सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । 

 

आयोजक क्रिएटिभ एकेडेमीका अध्यक्ष मर्जिमान सिंहले व्यावहारिक रूपमा विद्यार्थीलाई सिकाउन सके सिकाइ अभ्यास राम्रो हुने जानकारी दिए । कार्यक्रम सो क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य पुकार महर्जनले उद्घाटन गरेका थिए । नमुना प्रदेशसभामा संघीय बहसमा युवा र युन इन फिडरल डिस्कोर्सले सहयोग गरेको थियो ।