close

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’

ADVERTISEMENT

काठमाडौं- गायक पृथ्वी खनालको नयाँ गीत 'मलमल कुर्तावाली' सार्वजनिक भएको छ । गीतको स्वरमा पृथ्वीलाई मेचु धिमालले साथ दिएकी छन् ।

गायन रियालिटी शो भोईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको यो पहिलो गीत हो । भोईसमा पृथ्वी उत्कृष्ट १३ र  मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएका थिए ।

ग्रिष्मा भट्ट र गिरिस भट्टको निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्री, संगीत करण राज कार्की, एरेन्ज देवेश राई, मिक्सिङ र मास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियो म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्रोन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादन र कलर मनोज कार्की, कथा पृथ्वी खनाल र कोरियोग्राफर निर्देशन मौसम हिमालीको छ । भिडियोमा पृथ्वी, मेचु र सन्तोष पाण्डेको अभिनय छ ।