close

फुटपाथ र ठेलागाडा व्यापार प्रतिबन्ध लगाउन काठमाडौँ महानगरको माग  

फुटपाथ र ठेलागाडा व्यापार प्रतिबन्ध लगाउन काठमाडौँ महानगरको माग  

Trulli
ADVERTISEMENT

काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापार प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ ।   

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सो ध्यानाकर्षण गराएकी हुन् । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ भनिएको छ ।
 
यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनःआदेश जारी गर्न ध्यानाकर्षण गराइएको हो । यस क्रममा उपप्रमुख खड्गीले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको र अहिलेको आदेश महानगरको यो नीति विपरीत छ भनिन् । “अर्कोतिर शहरमा सङ्क्रमण फैलिँदो दरमा छ, यसै पनि कन्ट््याक्ट टे«सिङ जटिल छ, यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने माहामारी नियन्त्रणबाहिर जान सक्छ”, उपप्रमुख खड्गीले भनिन् ।   

ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले माहामारीका समयमा यस पेशामा बसेर काम गर्ने मानिसलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताए ।