close

उपाध्यक्ष जस्तापाता अभियानले टल्किँदै छ मेरिङदेन वस्ती

उपाध्यक्ष जस्तापाता अभियानले टल्किँदै छ मेरिङदेन वस्ती

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७÷०७८ मा निम्नवर्गका एकल महिलाका घर जस्तापाताले छाइदिने भएको छ ।

 

उपाध्यक्ष जस्तापाता कार्यक्रममार्फत गाउँपालिकाले चालू आवमा १८ लाख रुपैयाँ खर्चेर एकल महिलाका घरमा जस्तापाता लगाइदिने भएको हो ।

 

गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीका अनुसार पालिकाले प्रदेश समानीकरणअन्तर्गतका योजनामा उपाध्यक्ष जस्तापाता कार्यक्रम समावेश गरेको हो ।

 

कार्यक्रममा संघीय सरकारको फुसको छाना विस्थापन कार्यक्रमभित्र समावेश नभएका पालिकाभित्रका अति निम्नवर्गका एकल महिलालाई समेटिने प्रवक्ता बराइलीले जानकारी दिए ।

 

यसका लागि प्रत्येक वडा समिति र कार्यालयमार्फत अति निम्नवर्गका एकल महिलाको तथ्यांक संकलन सुरु भएको छ । यस आर्थिक वर्षमा यो शीर्षकको रकमले नभ्याए अर्को आवमा प्रमुख प्राथमिकताका साथ बजेट विनियोजन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए ।

 

‘उपाध्यक्ष जस्तापाता कार्यक्रमका लागि गाउँपालिकाले कार्यविधिसमेत बनाइसकेको छ ।  कार्यक्रम यसै आवमा पूरा भए अर्को वर्ष नयाँ स्वरुपको उपाध्यक्ष कार्यक्रम अघि सार्ने योजना छ’, आङदेम्बेले भने ।