close

तातोपानीमा ५ शय्याको अस्पताल बन्दै, काेभिड अस्पतालले पाएन डाक्टर

तातोपानीमा ५ शय्याको अस्पताल बन्दै, काेभिड अस्पतालले पाएन डाक्टर

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शय्याको अस्थायी कोभिड अस्पताल निर्माण सुरु गरेको छ । गाउँपालिकाले ६ नम्बर वडाको ऐरेनीमा कोभिड अस्पताल बनाउन लागेको हो ।


तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले आइसोलेसनमा रहनेका लागि शय्या मात्र राखिएकामा त्यसमा आवश्यक सुविधा थप्दै जाने योजना छ । ‘आईसीयू, भेन्टिलेटरसहितका उपकरण थप्ने तयारी छ’, उनले भने ।

चिकित्सकको आवेदन परेन


तातोपानी गाउँपालिकाको अस्थायी कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दा पनि मेडिकल अधिकृत (चिकित्सक)को आवेदन नपरेको गाउँपालिका अध्यक्ष न्यौपानेले बताए ।

 

उनले भने, ‘अहिले दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी कार्यरत छन् । मेडिकल अधिकृतको विज्ञापन मागे पनि हालसम्म कसैले आवेदन हालेका छैनन् ।’


गाउँपालिकामा अहिले सात जना सक्रिय कोरोना संक्रमित छन् । गत चैतयता १२ जनालाई संक्रमण देखिएको स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंले बताए । यसमध्ये पाँच जना निको भएर घर फर्किसकेका छन् ।


उनले भने, ‘पालिकाभर ८०० भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । ५० शय्याको आइसोलेसनसमेत बनाएका छौँ ।’