close

नेपाललाई विश्व बैंकको ८ करोड डलर सहयोग

नेपाललाई विश्व बैंकको ८ करोड डलर सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं- विश्व बैंकले नेपाललाई करिब साढे नौ अर्ब रुपैयाँ (आठ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको छ ।


बैंकले नेपालको कृषि क्षेत्रको विकास र कोरोना महामारीको आर्थिक प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना स्वीकृत गरेको हो ।


परियोजनाले कृषि उपजका लागि ग्रामीण बजार सम्पर्क बलियो बनाउने उद्देश्य राखेको छ । यसले स्थानीय तहमा रोजगारी सिर्जना हुने र कोभिडले पारेको आर्थिक असर न्यूनीकरणमा सहयोग पुग्ने विश्व बैंक समूहको विश्वास छ ।


कृषिका माध्यमबाट महिला उद्यमशीलताको विकासमा परियोजना केन्द्रित हुने बैंकको विज्ञप्तिमा उल्लेख छ ।


विश्व बैंकका बैंकका नेपाल, मालदिभ्स, श्रीलंकाका लागि कन्ट्री म्यानेजर फारिस हदाद जर्वोसले परियोजनामार्फत नेपालले कृषि क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गरे ।


‘सहयोगबाट नेपालले चिया, कफी, फलफूल तथा जडीबुटीलाई बजारीकरण गर्न मद्दत पुग्ने विश्वास बैंकको छ’, उनले भने ।


विश्व बैंकका अनुसार यो परियोजना पाँच प्रदेशमा केन्द्रित हुनेछ । प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनीमा परियोजनाअन्तर्गत कार्यक्रम सञ्चालन गरिनेछ ।