close

गाउँपालिकामा अनियमितता भइरहेको वडा अध्यक्षको आरोप

गाउँपालिकामा अनियमितता भइरहेको वडा अध्यक्षको आरोप

Trulli
ADVERTISEMENT

सिरहा- सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापक  अनियमितता भइरहेको वडा नम्बर- १ का वडा अध्यक्ष  गोपीन्द्र यादवले बताएका छन् । वडा कार्यालय परिसरमा पत्रकार सम्मेलन आयोजना गरी उनले यस्तो आरोप लगाएका हुन् ।


कार्यपालिकामा समेत जनकारी नगराई मनोमानी ढंगले  गाउँपालिका प्रमुखले पछिल्ला दिनहरूमा अनियमितताका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको उनको आरोप छ । वडा नम्बर- १ मा १६ वटा सार्वजनिक पोखरी रहेका र आफूलाई समेत जानकारी नदिई कौडीको भाउमा ती पोखरीहरू गाउँपालिका अध्यक्षले कार्यकर्ताहरूलाई दिएको सम्मेलनमा अध्यक्ष यादवले आरोप लगाए ।

 
विभिन्न विकास निर्माणका कार्यदेखि लिएर कर्मचारी भर्ना, शिक्षक भर्नाको नाममा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले कार्यकर्ता भर्ती गरेको उनले बताए ।


कुनै सूचना तथा जनकारीविना अध्यक्षले प्रक्रियाविना १२ जना शिक्षक र १९ जना कार्यालय सहयोगी नियुक्त गरेको, चौकीदार, सल्लाहकार, सहयोगी नियुक्तिलगायतमा व्यापक अनियमितता गरेको उनले बताए ।


यस्ता  गतिविधि गाउँपालिकाले नसच्याएको खण्डमा जनताको साथ लिई आफू कडा आन्दोलनमा जाने उनले चेतावनीसमेत दिएका छन् । यता, उक्त विषयमा गाउँपालिका अध्यक्ष जोगेश्वर यादवसँग बुझ्न गर्न खोज्दा पत्रकार सम्मेलन गरेरै यसबारेमा जानकारी गराउने बताए ।