close

हवल्दारको नेतृत्वमा दिप्रुङ चुइचुम्माको प्रहरी फोर्स

हवल्दारको नेतृत्वमा दिप्रुङ चुइचुम्माको प्रहरी फोर्स

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको छ । गाउँपालिकाको शान्ति–सुरक्षा र दैनिक कार्य सम्पादनका क्रममा सहयोगीका रुपमा उपयोग गर्ने गरी गाउँपालिकाले गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको हो ।


७ वटा वडा रहेको गाउँपालिकाले गाउँपालिका प्रहरी ऐन बनाएर गरेर १ जना गाउँपालिका प्रहरी हवल्दार र ४ जना गाउँपालिका प्रहरी जवान भर्नाको तयारी थालेको छ । 


गाउँपालिका प्रहरी भर्नाका लागि बिहीवार विज्ञापन समेत आव्हान गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । गाउँपालिका प्रहरी हवल्दारका लागि एसईई वा सो सरह उत्तीर्ण गरेको तथा जवानका लागि कक्षा ८ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।


जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐसेलुखर्क गाउँपालिकाले गत वर्ष नै ३ जना गाउँपालिका प्रहरी भर्ना गरिसकेको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी तिहारपछि नगर प्रहरी भर्नाका लागि विज्ञापन आह्वान लगायतका प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको छ ।