close

जुम्लाकाे लाम्रा स्वास्थ्य चौकी सिल 

जुम्लाकाे लाम्रा स्वास्थ्य चौकी सिल 

Trulli
ADVERTISEMENT

जुम्ला - जुम्लाको तातोपानी गाउँपालिकामा रहेकाे लाम्रा स्वास्थ्य चौकीका इन्चार्ज शिवराज न्यौपानेलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको छ । 


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा इन्चार्ज न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएको हो । 


तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार स्वास्थ्य चौकीका इन्चार्जलाई नै संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो । आईतबारसम्म स्वास्थ्य चौकी सिल गरिएको उनले बताए । 

 

‘यसअघि हाँकु स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर भण्डारीलाई पनि कोरोना संक्रमण भएको थियो । तर, उनी अहिले निको भइसकेका छन्’, स्वास्थ्य संयोजक चौलागाईंले भने ।


जुम्लामा लकडाउनयता मात्रै भारतबाट १ हजार १ सय ७२ तथा मलेसिया, कतारलगायतका तेस्रो मुलुकबाट ३२ जना थातथलो फर्किएका छन् । उनीहरूसहित अहिलेसम्म १० हजार ८ सय ४५ को कोरोना परीक्षण गरिएको छ ।