close

जुम्लाको हिमा गाउँपालिकामा डिजिटल कर प्रणाली लागू

जुम्लाको हिमा गाउँपालिकामा डिजिटल कर प्रणाली लागू

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली सुरु गरेको छ । गाउँपालिकाले सम्पत्ति कर संकलन गर्नका लागि यो प्रणाली लागू गरेको हो ।


गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुवावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस भनेर सम्पत्ति कर संकलनमा डिजिटल प्रणाली लागु गरिएको हो । पालिकाभरका ७ वटै वडामा यो प्रणाली लागु गरिएको उनले बताए ।    


सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति करमा यो प्रणाली लागु गरेको हो । गाउँपालिकाले सम्पत्ति कर संकलन गर्नका लागि चार क्षेत्रमा बर्गिकरण गरेको छ ।


व्यापारिक क्षेत्रका लागि प्रति वर्गमिटर पाँच सय, आवासीय क्षेत्रका लागि प्रति वर्गमिटर तीन सय, कृषि क्षेत्रका लागि प्रति वर्गमिटर दुई सय ५० रुपैया र वन तथा बगर क्षेत्रका लागि प्रति वर्गमिटर एक सय रुपैया कर तोकिएको उनले बताए ।


डिजिटल एकिकृत सम्पत्ति कर संकलन प्रणाली गाउँपालिकाले ७ वटै वडापालिकामा लागु गरेको छ । यहाँका स्थानीय बासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो । तर अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनुपर्ने बाध्यता टरेको सुचना प्राविधिक अधिकृत रावतले बताए ।