close

देवदहका जनप्रतिनिधिको दशै‌ भत्ता विपन्नलाई 

देवदहका जनप्रतिनिधिको दशै‌ भत्ता विपन्नलाई 

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको देवदह नगरपालिका वडा- १० का ३ जनप्रतिनिधिले आफूले पाएको चाडपर्व भत्ता विपन्न समुदायलाई वितरण गरेका छन् ।


वडा-१० का वडाध्यक्ष एकबहादुर सुनार एवं वडासदस्यद्वय चन्दा विक र रेनुका आलेले प्राप्त गरेको भत्ताबापतको रकम वडा कार्यालयमै विपन्न समुदायलाई हस्तान्तरण गरेका हुन ।


१५ सयका दरले २२ घरपरिवारलाई रकम प्रदान गरिएको अध्यक्ष सुनारले बताए । ‘वडामा रहेका विपन्न समुदायको घरमा पनि चाडपर्वमा उल्लास आओस् भन्ने ध्येयले रकम प्रदान गरेका हौं’, सुनारले भने ।

 

चाडपर्वबापत वडाध्यक्षले १२ हजार र वडासदस्यले पाएको ८ हजार विपन्नलाई वितरण गरिएको हो । देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले पनि आफूले पाउने भत्ता विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीलाई  दिँदै आएका छन् ।