close

फक्ताङलुङः भूगोल अति ठूलो, जनसंख्या सारै कम

फक्ताङलुङः भूगोल अति ठूलो, जनसंख्या सारै कम

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङमा यस्तो गाउँपालिका छ, जसको क्षेत्रफल जिल्लाभरका सबै स्थानीय तह जोड्दा पनि एक्लैको भूगोल सबैभन्दा करिब ७२ वर्गकिलोमिटर बढी छ ।


फक्ताङलुङ जिल्लाको कुल क्षेत्रफलको झन्डै ५१ प्रतिशत हुन आउँछ । तथ्यांक कार्यालय पाँचथर–ताप्लेजुङका नायव सुब्बा मानबहादुर थापाका अनुसार ताप्लेजुङका ९ मध्ये ८ स्थानीय तहको क्षेत्रफल एकै ठाउँ जोड्दा फक्ताङलुङको क्षेत्रफल ७१.९७ वर्गकिलोमिटर बढी छ ।


ताप्लेजुङको कुल क्षेत्रफल ३ हजार ६ सय ४६ वर्गकिलोमिटर छ, जसमध्ये १ हजार ८ सय ५८.५१ वर्गकिलोमिटर फक्ताङलुङको मात्रै छ । जबकि १ नगरपालिकासहित अरु ८ स्थानीय तहको कुल क्षेत्रफल १ हजार ७ सय ८६.५४ वर्गकिलोमिटर छ ।

 

तथ्यांक कार्यालयका अनुसार फुङलिङ नगरपालिकाको १ सय २५.५७ वर्गकिमि, आठराई त्रिवेणीको ८८.८३, सिदिङ्वाको २ सय ६, मिक्वाखोलाको ४ सय ४२.९६, मेरिङ्देनको २ सय १०.३३, मैवाखोलाको १ सय ३८, पाथीभरा याङ्वरकको ९३.७६ र सिरिजंघा गाउँपालिकाको ४८१.०९ वर्गकिमि क्षेत्रफल छ ।

 

जनघनत्व र क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो गाउँपालिका जिल्लाकै कमजोर अवस्थामा देखिन्छ । त्यहाँ प्रतिवर्गकिलोमिटर ६ जनाको मात्र जनघनत्व छ ।

 

फुङलिङ नगरको जनघनत्व प्रतिवर्गकिलोमिटर २ सय १०, आठराई त्रिवेणीको १ सय ५५, सिदिङ्वाको ५९, मिक्वाखोलाको २१, मेरिङ्देनको ६०, मैवाखोलाको ८०, पाथीभरा याङ्वरकको १ सय ४५ र सिरिजंघाको ३३ रहेको तथ्यांक कार्यालयको अभिलेखमा उल्लेख छ ।